'कृषिमा समर्पित शाहीलाई स्थानीय सरकारको बेवास्ता'

जेष्ठ १६, २०८२

कमल शाही २०८२ जेठ १६ शुक्रबार। दैलेख जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ का नरेन्द्र बहादुर शाही २०७६ सालदेखि कृषि तथा पशुपंक्षीपालन व्यवसायमा समर्पित छन्। आफ्नै लगानी र मेहनतमा आधारित ‘दिनेश कृषि तथा पशुपंक्षी फर्म’ स्थापना गरी उहाँ विगत पाँच वर्षदेखि कृषि क्षेत्रमा क्रियाशील छन्।

विज्ञापन
No data was found

विज्ञापन
No data was found

शाहीले तरकारी,अन्न,बाख्रा तथा कुखुरापालनमार्फत आत्मनिर्भर जीवनयापन गरिरहनुभएको छ। तर, उहाँको यो लामो संघर्ष र समर्पणका बाबजुद स्थानीय सरकारको कुनै चासो नराखेको शाही भन्छनन्।

विज्ञापन
No data was found

— नरेन्द्र शाही, कृषक  २०७६ सालदेखि यो पेशामा लागेँ, तर अहिलेसम्म पालिकाले आएर हेरिदिएको छैन,”

शाहीको फर्मले उत्पादन गरेको तरकारी स्थानीय बजारसम्म पुर्‍याउन कठिनाइ हुने गरेको छ। त्यसको मुख्य कारण उनको घरसम्म पुग्ने उचित सडक नहुनु हो। “बाटो नभएकाले हिलो, खोला र उकालो पार गरेर तरकारी बजारसम्म लैजानु ठूलो समस्या हुन्छ,” शाही भन्छन्।
उत्पादन भए पनि बजारसम्म समयमै पुर्‍याउन नसक्दा मूल्य घट्ने र कहिलेकाहीँ नोक्सान बेहोर्नु पर्ने अवस्था आउने गरेको शाही बताउँछन्।

शाहीले कृषिलाई नाफाको माध्यमभन्दा पनि स्वदेशमै केही गर्न सकिने उदाहरणका रूपमा लिनुभएको छ। यद्यपि, तालिम, प्रविधि, अनुदान वा कुनै पनि प्रकारको सहयोग नपाएको शाही बताउछन् ।
शाही जस्ता कर्मठ कृषकहरूलाई सरकारले आवश्यक सहयोग पुर्‍याउन सकेमा गाउँघरमै टिकाउ कृषि प्रणाली विकास हुन सक्छ। तर, अहिलेको अवस्था हेर्दा सरकारले यस्ता कृषकहरूको हिम्मत र योगदानप्रति चासो नराखेको देखिन्छ ।
कृषिमा सम्भावना हुँदा हुँदै सरकारी बेवास्ताले यस्ता कृषकहरू निरुत्साहित हुन थालेका छन्। अब स्थानीय तहले यस्ता उदाहरणीय कृषकहरूको पहिचान गरी प्रोत्साहन दिनु आवश्यक छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

2

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

3

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

4

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

5

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

6

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

7

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

No data was found
यो पनि पढ्नुहोस

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई