'दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ'

चैत्र २९, २०८२

 

विज्ञापन
No data was found

दैलेख।दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार भएका बिराट भण्डारीलाई प्रहरीले अन्ततः नियन्त्रणमा लिएको छ।

विज्ञापन
No data was found

ठाँटीकाँधकै छडाथान जंगलमा रातभर लुकेर बसेका भण्डारीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो। शनिबार अंगलडाँडामा स्थानीय अर्जुन रोकाय र लेलिन थापालाई चक्कु प्रहार गरी घाइते बनाएपछि उनी फरार भएका थिए।

विज्ञापन
No data was found

ईलाका प्रहरी कार्यालय दुल्लु र प्रहरी चौकी ठाँटीकाँधबाट खटिएको टोलीले घटनालगत्तै खोजी कार्य तीव्र बनाएको थियो। पक्राउ परेका भण्डारी र उनका एक साथीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेख पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार भण्डारीले शुक्रबार राति आफूलाई कुटपिट गरी घरमै पुगेर धम्की दिएको भन्दै उक्त घटना घटाएको बताएका छन्।

घाइतेहरूको कर्णाली केयर अस्पताल, सुर्खेतमा उपचार भइरहेको छ र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको दैलेख प्रहरीले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

2

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

3

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

4

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

5

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

6

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

7

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

No data was found
यो पनि पढ्नुहोस

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई

तोलामा ६ हजार ५ सयले घट्यो सुनको मूल्य