'दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई'

चैत्र १०, २०८२

केशवराज पौडेल । जेष्ठ नागरिक दुल्लू नगरपालिका संघले आज एक कार्यक्रमको आयोजना गरि सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ। दुल्लू नगरपालिका पाँच चौतारा स्थित आफ्नो अस्थायी कार्यालयको प्राङगणमा कार्यक्रम भएको हो । उपस्थिित सबैभन्दा जेष्ठ टिकाराम थापाको अध्यक्ष्यतामा भएको हो ।

विज्ञापन
No data was found


जेष्ठ नागरिक संघ दैलेखका अध्यक्ष बिर बहादुर भण्डारी , दुल्लू नगरपालिका वडा नंन पाँचका वडा अध्यक्ष पुर्ण प्रसाद उपाध्याय , नगर पालिका भित्रका र संघमा रहेका जेष्ठ नागरिक र पत्रकारको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा जेष्ठ नागरिक दुल्लू नगरपालिका संघका अध्यक्ष कृष्ण बहादुर भण्डारीले गत आर्थिक बर्षमा गरेका सम्पुर्ण गतिबिधिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

विज्ञापन
No data was found

विज्ञापन
No data was found

कार्यक्रममा बोल्दै जेष्ठ नागरिक संघ दैलेखका अध्यक्ष बिर बहादुर भण्डारीले जिल्ला भरिका सबै स्थानिय तहमा रहेका जेष्ठ नागरिक संघका पक्की भवन छिटै बनाउने प्रयासमा रहेको बताउनु भयो साथै उहाँले जेष्ठ नागरिकका हितका लागी सरकारका बिभिन्न निकाय संग सहयोग माग्दै आवाज उठाईरहेको र यस्तै समाजसेवा गरिरहने जानकारी दिनुभयो । साथै पार्दशिताका लागी जेष्ठ नागरिक संघले कार्यालय प्रयोजनका लागी खरिद गरिएका सामानहरु र सम्पुर्ण खाध्यान्नका सामानहरु कार्यक्रम स्थलमै प्रदशन गरिएका थिए । जेष्ठ नागरिक दुल्लूको आफ्नै भवन निर्माणधिन अवस्थामा छ ।

जेष्ठ नागरिक दुल्लू नगरपालिका संघका अध्यक्ष कृष्ण बहादुर भण्डारीले संघको काममा खटिने र बिपन्न अशक्त जेष्ठ नागरिकलाई न्यानो कपडा र नगदले सम्मान गरिएको र आगामी दिनमा पनी गर्दै जाने बताउनु भयो । आउदा दिनमा पनी समयसमयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिरहने अध्यक्ष भण्डारीले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

2

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

3

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

4

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

5

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

6

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

7

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई

No data was found
यो पनि पढ्नुहोस

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

तोलामा ६ हजार ५ सयले घट्यो सुनको मूल्य

सुर्खेतमा एम्बुलेन्समाथि आक्रमण: चालकमाथि हातपात गर्ने ३ जना पक्राउ