'सुर्खेतमा एम्बुलेन्समाथि आक्रमण: चालकमाथि हातपात गर्ने ३ जना पक्राउ'

चैत्र ७, २०८२

सुर्खेत।  सुर्खेतमा एम्बुलेन्स चालकमाथि कुटपिट गरी एम्बुलेन्समा तोडफोड गर्ने घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, चैत ६ गते राति करिब १२:०५ बजे वीरेन्द्रनगर नगरपालिका–११ साटिखोला क्षेत्रमा बिरामी लिएर नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्सलाई केही व्यक्तिहरूले रोकेका थिए। उक्त एम्बुलेन्स सल्याण कुमाख गाउँपालिका–३ का ३२ वर्षीय चालक वसन्त शर्माले चलाएका थिए।

विज्ञापन
No data was found

प्रहरीका अनुसार, एम्बुलेन्स रोकेर चालकमाथि कुटपिट गर्नुका साथै एम्बुलेन्समा समेत तोडफोड गरिएको थियो। घटनापछि चालकले इलाका प्रहरी कार्यालय छिन्चुमा जानकारी गराएका थिए। सूचनापछि प्रहरी टोली घटनास्थलमा खटिए पनि तत्काल संलग्न व्यक्तिहरू फेला नपरेका थिए। पछि पुनः चालकले एम्बुलेन्सको पछाडिको सिसा फुटाइएको जानकारी दिएपछि प्रहरीको टोलीले खोजतलास तीव्र पारेको थियो।

विज्ञापन
No data was found

प्रारम्भिक अनुसन्धानका क्रममा संलग्न तीन जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय छिन्चु, सुर्खेतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका–११ का २० वर्षीय प्रविण गहतराज, ऐ. का १८ वर्षीय विशाल विक र १९ वर्षीय विशाल विक रहेका छन्।

विज्ञापन
No data was found

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

2

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

3

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

4

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

5

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

6

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

7

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

No data was found
यो पनि पढ्नुहोस

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई