दैलेख। चामुण्डाबिन्द्रासैनी नगरपालिका निवासी युवाहरूको सहभागितामा काठमाडौँमा आयोजित युवा भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।
नयाँ वर्ष २०८३ को अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा युवाहरूबीच आपसी परिचय अन्तरक्रिया तथा समसामयिक विषयहरूमा गहन छलफल गरिएको थियो। छलफलका क्रममा युवाहरू समाजमा प्रभावकारी भूमिका निर्वाह गर्न एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउँदै अब युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष निकालिएको सहभागी पृथ्वी विक्रम शाहीले बतानुभएको छ।
उक्त बसाइमा १८ देखि ३५ वर्ष उमेर समूहका विभिन्न पेशामा आबद्ध युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सबै सहभागीहरूको समान अस्तित्व र साझा उद्देश्य रहेको अनुभव गरिएको बताइएको छ।
सुरक्षाकर्मीदेखि शिक्षण पेशासम्म व्यवसायीदेखि बैंकिङ क्षेत्रसम्मका युवाहरूको उपस्थिति रहेको उक्त कार्यक्रमले युवाहरूबीच सहकार्य, एकता र सकारात्मक परिवर्तनको सन्देश दिएको सहभागी किरण कुमार शाहीले जनाकारी दिनुभएको छ।