'नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न'

चैत्र २४, २०८२

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी दैलेखको आयोजनामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। पार्टी संगठन सुदृढीकरण, आगामी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन तथा कार्यकर्ताबीच समन्वय अभिवृद्धि गर्ने उद्देश्यले भेला आयोजना गरिएको हो।

विज्ञापन
No data was found

विज्ञापन
No data was found

भेलामा पार्टीका केन्द्रीय सदस्य, विभागीय केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, प्रदेश विभाग सदस्य, जिल्ला कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्य, पालिका तहका पदाधिकारी, वडा कमिटी अध्यक्षहरू तथा जनसंगठनका केन्द्र, प्रदेश, जिल्ला र पालिका तहसम्मका पदाधिकारी एवं सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विज्ञापन
No data was found

कार्यक्रममा सहभागी वक्ताहरूले वर्तमान राजनीतिक अवस्था, पार्टीको आगामी रणनीति, संगठन विस्तार तथा जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा जोड दिएका थिए। उनीहरूले पार्टीको नीति, सिद्धान्त र मार्गदर्शनलाई तल्लो तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्न अगुवा कार्यकर्ताहरूको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे।

यसैगरी, जनताका समस्या र आवश्यकतालाई प्राथमिकतामा राख्दै सक्रिय रूपमा काम गर्न कार्यकर्ताहरूलाई निर्देशन दिइएको थियो। भेलामा जिल्लाभरबाट आएका अगुवा कार्यकर्ताहरूले आ-आफ्ना अनुभव, सुझाव तथा धारणा प्रस्तुत गरेका थिए। सहभागीहरूले पार्टीलाई थप सुदृढ बनाउँदै जनविश्वास जित्ने दिशामा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी दैलेखका उपाध्यक्ष देवेन्द्र बहादुर शाहीले जानकारी दिनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

2

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

3

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

4

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

5

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

6

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

7

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई

No data was found
यो पनि पढ्नुहोस

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई

तोलामा ६ हजार ५ सयले घट्यो सुनको मूल्य

सुर्खेतमा एम्बुलेन्समाथि आक्रमण: चालकमाथि हातपात गर्ने ३ जना पक्राउ