'विद्यालय सुधारका लागि समर्पित: शिक्षक शाहीको योगदान'

जेष्ठ १९, २०८२

पञ्चकोशी संवाददाता । चामुण्डाबिन्द्रासी नगरपालिका–६, लैनचौर, दैलेखस्थित जनता माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षाको लक्ष्यसहित विभिन्न सुधारात्मक कार्यहरू अघि बढाउँदै आएको छ। यसै सन्दर्भमा विद्यालयका शिक्षक श्री कलम शाही शिक्षाको गुणस्तर वृद्धि तथा विद्यालयको समग्र सुधारमा विशेष योगदान दिइरहनुभएको छ।

विज्ञापन
No data was found

शिक्षक शाही विद्यालयमा आफ्नो पेशालाई केवल रोजगारीको माध्यम नभई सेवा र सामाजिक उत्तरदायित्वका रूपमा लिई समर्पित हुनुहुन्छ। उहाँको मुख्य उद्देश्य विद्यालयलाई नमुना शैक्षिक केन्द्रको रूपमा विकास गर्नु हो। यसका लागि उहाँले पठन–पाठनमा नविनतम शैक्षिक विधिहरू अपनाउनुका साथै विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुहुन्छ।

विज्ञापन
No data was found

विद्यालयमा भौतिक पूर्वाधार, शिक्षक अभिमुखीकरण, विद्यार्थी अनुशासन, तथा अभिभावक–विद्यालय समन्वय जस्ता विषयमा उहाँको सक्रियता उल्लेखनीय छ। स्थानीय समुदाय, अभिभावक तथा विद्यालय प्रशासनसँग सहकार्य गर्दै शिक्षक शाही विद्यालय सुधारका कार्यक्रमहरू सञ्चालन गर्दै आउनुभएको छ।

विज्ञापन
No data was found

शिक्षा क्षेत्रको उज्ज्वल भविष्य निर्माण गर्ने दृढ संकल्पसहित अघि बढिरहनु भएका शिक्षक शाहीजस्ता समर्पित व्यक्तित्वहरूसँगको सहकार्यबाट विद्यालयले आगामी दिनमा अझ धेरै उपलब्धिहरू हासिल गर्ने विश्वास बिद्यालय ले लिइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

2

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

3

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

4

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

5

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

6

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

7

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

No data was found
यो पनि पढ्नुहोस

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई