'पत्रकार महेश रावल बर्दगोरिया गाउँपालिकाबाट सक्रिय'

जेष्ठ २१, २०८२

पञ्चकोशी संवाददाता। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाबाट पत्रकारितामा सक्रिय योगदान दिँदै आएका महेश रावलले पछिल्ला दुई वर्षदेखि स्थानीय स्तरमा सञ्चारको माध्यमबाट जनताको आवाज उठाउँदै आएका छन्।

विज्ञापन
No data was found

स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत समाचार संकलन र प्रकाशन गर्दै आएका रावलले शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक न्याय र सुशासनलगायतका विषयमा कलम चलाउँदै आएका छन्। पत्रकारितामा निष्पक्षता, तथ्यमा आधारित लेखन र जनताको प्रत्यक्ष सरोकारका विषयमा ध्यान केन्द्रित गर्दै आएका उनी स्थानीय विकासमा सञ्चारको भूमिका अत्यन्तै महत्वपूर्ण हुने विश्वास व्यक्त गर्छन्।

विज्ञापन
No data was found

पत्रकारितासँगै रावल सामाजिक नेतृत्वमा पनि सक्रिय छन्। हाल उनी बेलुवा युवा क्लबका अध्यक्षको रूपमा कार्यरत छन्। क्लबमार्फत युवाहरूलाई सकारात्मक कार्यमा सहभागी गराउने, खेलकुद, वातावरण संरक्षण, शिक्षा र सामाजिक अभियानमा नेतृत्व गर्ने काममा उनी अग्रसर छन्।

विज्ञापन
No data was found

बर्दगोरिया गाउँपालिकाका बासिन्दाहरूले पत्रकार रावलको निष्पक्ष, जनमुखी र विकासमुखी समाचार लेखनको प्रशंसा गर्दै आएका छन्। पत्रकारिता र सामाजिक नेतृत्वमार्फत उनी स्थानीय समुदायमा सकारात्मक परिवर्तन ल्याउने अभियानमा समर्पित छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

2

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

3

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

4

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

5

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

6

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

7

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

No data was found
यो पनि पढ्नुहोस

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई