'जन्मदिनको खर्च शिक्षामा: नरेश शाहीद्वारा विद्यार्थीलाई कापी–कलम वितरण'

जेष्ठ २६, २०८२

पञ्चकोशी संवाददाता दैलेख। चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ निवासी नरेश बहादुर शाहीले आफ्नो जन्मदिनको खर्च विद्यालयका विद्यार्थीको शैक्षिक विकासमा लगानी गर्दै उदाहरणीय कार्य गरेका छन्।

विज्ञापन
No data was found

विज्ञापन
No data was found

शाहीले चामुण्डाबिन्द्रासैनी–६, जम्बुकाँधमा अवस्थित जयदेव माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका २५ जना विद्यार्थीलाई कापी र कलम वितरण गरेका हुन्। कार्यक्रम अन्तर्गत प्रत्येक विद्यार्थीलाई तीनवटा कापी र एकवटा कलम प्रदान गरिएको थियो।

विज्ञापन
No data was found

कार्यक्रममा बोल्दै शाहीले भने, “हामी जन्मदिन मनाउने नाममा हजारौं खर्च गर्छौं, तर विद्यार्थीको शैक्षिक उन्नतिका लागि सोच्दैनौं। मेरो उद्देश्य सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउनु हो। उनले आगामी दिनमा विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रणबहादुर खड्काको अध्यक्षता रहेको थियो। प्रमुख अतिथिको रूपमा नेकपा (एकीकृत समाजवादी) का नगर अध्यक्ष जनकबहादुर शाहीले सहभागिता जनाउँदै विद्यालयमा यस्तो कार्यक्रम ऐतिहासिक भएको बताए। उनले जन्मदिन स्कुलमै मनाउने संस्कृति विस्तार गर्नुपर्नेमा जोड दिए।

विद्यालयकी शिक्षिका सुर्जकला बुढाले विद्यार्थीको मनोबल बढाउने खालको यस्तो सहयोग पहिलोपटक भएको बताउँदै यो कार्यले शैक्षिक जागरणमा नयाँ आयाम थपेको धारणा व्यक्त गरिन्।

कार्यक्रममा राष्ट्रिय युवा संघका जिल्ला उपाध्यक्ष देवेन्द्रबहादुर शाही, शिक्षक, विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम विद्यालयका प्रधानाध्यापक तिलक प्रसाद शर्माको नेतृत्वमा सञ्चालन सम्पन्न भएको थियो।

शाहीको सहयोगबाट जयदेब माध्यमिक विद्यालयका विद्यार्थीहरू अत्यन्त खुसी भएको विद्यालय प्रशासनले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

2

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

3

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

4

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

5

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

6

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

7

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

No data was found
यो पनि पढ्नुहोस

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई