'चामुण्डा विन्द्रासैनीमा जलवायु परिवर्तन सम्बन्धी संवाद कार्यक्रम सम्पन्न'

असार ६, २०८२

पञ्चकोशी संवाददाता । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा जलवायु परिवर्तनसम्बन्धी संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम चामुण्डा विन्द्रासैनी नगरपालिका र सोसेक नेपाल (SOSEC Nepal) को सहकार्यमा सम्पन्न गरिएको हो।

विज्ञापन
No data was found

शिक्षा, बाल अधिकार, शासन, संरक्षण, स्वास्थ्य र जलवायु परिवर्तनजस्ता विषयमा काम गर्दै आएको सोसेक नेपालले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमाझ जलवायु परिवर्तनसम्बन्धी संवाद कार्यक्रम आयोजना गरेको हो।

विज्ञापन
No data was found

कार्यक्रममा विभिन्न विद्यालयमा गठन गरिएका बाल क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। विन्द्रासैनी माध्यमिक विद्यालयमा गठन भएको प्रगतिशील बाल क्लबकी सदस्य पूजा ढकाल, सिमशेरस्थित आनन्द माविमा गठन गरिएको सरसफाइ क्लबकी उपाध्यक्ष कल्पना ज्ञवाली र तिजकोडाँडास्थित हिमालय माविमा गठन गरिएको हिमाली बाल क्लबका अध्यक्ष दिलीप बिक सहभागी थिए।

विज्ञापन
No data was found

उक्त संवाद कार्यक्रममा बालबालिकाको सक्रिय भूमिकासहित बाल क्लबले गरेका गतिविधि, पोषण बगैँचा स्थापना, जलवायु परिवर्तन न्युनिकरणका प्रयासहरूबारे छलफल गरिएको थियो।

सोसेक नेपालको “सहयात्रा तेस्रो परियोजना” अन्तर्गत चामुण्डा विन्द्रासैनी नगरपालिकामा जलवायु न्युनिकरणका लागि वक्तृत्वकला प्रतियोगिता, नाटक, लोकगीत प्रतियोगिता, याली, वृक्षारोपण, जलवायु न्याय र विद्यालयका भौतिक संरचना निर्माणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

संवाद कार्यक्रममा सोसेक नेपालकी मिल को–अर्डिनेटर विनिता आर.सी. र जलवायु परियोजना संयोजक सोनिका पौडेलको उपस्थिति थियो। उक्त कार्यक्रमको सहजीकरण रेडियो हाम्रो समावेशीका स्टेसन म्यानेजर सुरेन्द्र शाहीले गरेका थिए भने “सेभ द चिल्ड्रेन”को आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

2

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

3

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

4

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

5

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

6

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

7

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

No data was found
यो पनि पढ्नुहोस

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई