'एमाले दैलेखद्वारा प्रधानमन्त्री ओलीलाई धन्यवाद : मिथेन ग्यास अनुसन्धानमा चासो'

असार २५, २०८२

दैलेख । नेकपा (एमाले) दैलेखले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विकास र समृद्धिको नेतृत्वकर्ता भन्दै धन्यवाद व्यक्त गरेको छ।

विज्ञापन
No data was found

पार्टीको ११औं जिल्ला सचिवालय बैठक जिल्ला पार्टी कार्यालयमा बसेको थियो। बैठकले दैलेखको जलजले क्षेत्रमा पत्ता लागेको मिथेन ग्यासको उत्खनन तथा अनुसन्धान कार्यमा सरकारले देखाएको अग्रसरताको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएको हो।

विज्ञापन
No data was found

विज्ञापन
No data was found

बैठकमा असार २३ गते देशका विभिन्न स्थानहरू भोटकोशी, रसुवागढी आदि  मा आएको बाढीले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उद्धारमा सरकारले देखाएको सक्रियताको पनि सराहना गरिएको छ।

साथै, बैठकले पार्टीको २०८२ सालको नवीकरण, नयाँ सदस्यताका आवेदन प्रदेशस्तरीय सिफारिसमार्फत अघि बढाउने निर्णयसमेत गरेको छ। वडा केन्द्रित कामको समिक्षासहित पार्टी कार्यदिशा तय गर्ने निर्णय पनि बैठकबाट भएको प्रचार तथा प्रकाशन विभाग प्रमुख दीपेन्द्र ओलीले जानकारी दिनुभयो।

बैठकमा जिल्ला अध्यक्ष सूर्यबहादुर शाहीको अध्यक्षता तथा कर्णाली प्रदेश कमिटी उपसचिव रविन्द्रराज शर्माको प्रमुख आतिथ्य रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

2

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

3

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

4

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

5

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

6

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

7

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

No data was found
यो पनि पढ्नुहोस

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई