'नेपालमा बन्द भए फेसबुक, युट्युब, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल'

भदौ २१, २०८२

काठमाडौँ । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लाटफर्महरू सरकारले निष्क्रिय पार्ने निर्णय गरेपछि इन्टरनेट सेवा प्रदायकहरूले यसलाई कार्यान्वयनमा ल्याएका छन् । बिहीबार सरकारको निर्देशनपछि आज शनिबारसम्म फेसबुक, युट्युब, इन्स्टाग्राम, म्यासेन्जरजस्ता ठूला प्लाटफर्म निष्क्रिय भएका छन् ।

विज्ञापन
No data was found

इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको छाता संस्था, आइस्पान र सुबिसु केबलनेटका अध्यक्ष सुधीर पराजुलीले सरकारको निर्णयअनुसार प्लाटफर्महरूलाई बन्द गर्दै लगिएको बताए । ‘नयाँनयाँ आईपी एड्रेसहरू आइरहेका छन्, त्यसलाई पत्ता लगाउँदै धमाधम बन्द गर्दै गरिरहेका छौं,’ उनले भने, ‘मोबाइल अपरेटर र आईएसपीहरूको एउटा भाइबर ग्रुप बनाएका छौं, कसैले नयाँ लिंक फेला पारेमा त्यही ग्रुपमा राखेर सबैले ब्लक गर्दै छौं ।’

विज्ञापन
No data was found

पराजुलीका अनुसार एकैचोटि सबै प्लाटफर्म पूर्ण रूपमा बन्द गर्न गाह्रो छ । यसले गर्दा केही ठाउँमा चल्ने र केहीमा नचल्ने भइरहेको हो । उनले भने, ‘हामीले वेब संस्करणहरू लगभग निष्क्रिय पारिसकेका छौं र मोबाइल एपहरू पनि क्रमशः बन्द हुँदै छन् ।’

विज्ञापन
No data was found

सरकारले दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेपछि नेपालमा भीपीएन चलाएर र डीएनएस सेटिङ परिवर्तन गरेर ती प्लाटफर्महरूमा पहुँच बनाउने क्रम बढेको छ । सरकारको कदमपछि प्रयोगकर्ताहरूले वैकल्पिक बाटो खोजिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

2

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

3

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

4

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

5

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

6

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

7

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

No data was found
यो पनि पढ्नुहोस

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई