'“सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजी युवाहरूको काठमाडौँमा प्रदर्शन'

भदौ २३, २०८२

काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयसँगै भ्रष्टाचार र अव्यवस्थाविरुद्ध नयाँ पुस्ताका युवाहरुले काठमाण्डौको माइतीघरमा प्रदर्शन शुरु गरेका छन् । ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका उनीहरुमध्ये कतिपय स्कूल, कलेजको ड्रेसमै उपस्थित भएका छन् ।

विज्ञापन
No data was found

जेन जी अर्थात् सन् १९९७ देखि २०१२ भित्र जन्मिएका २८ वर्षमुनिका युवा पुस्ताहरुले स्वतः स्फूर्त रूपमा प्रदर्शन गरेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले उनीहरुलाई निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी प्रदर्शन गर्न अनुमति दिएको जनाएको छ ।

विज्ञापन
No data was found

विभिन्न व्यक्ति र समूहहरुलेसमेत ऐक्यबद्धता जनाएका कारण प्रदर्शनमा ‘घुसपैठ’ हुनसक्ने भन्दै प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रशासनले घुसपैठ हुन सक्ने आङ्कलन गर्दै आयोजकहरुलाई सजक हुन भनेको छ । प्रहरीले कानूनविपरीतका क्रियाकलाप हुन नदिने भन्दै त्यहीअनुसार जनशक्ति परिचालन गर्ने जनाएको छ ।

विज्ञापन
No data was found

सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय गरेपछि ‘जेनजी’ पुस्ताले स्वतःस्फूर्त रूपमा प्रदर्शन हुन् । उनीहरुले भ्रष्टाचार अन्त्यसहितका विषयलाई मुख्य नारा बनाएका छन् । युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमा ‘नेपो बेवी’ ट्रेन्ड चलाएका छन् । कसैका बुवा ठूलो पदमा पुगेको आडमा छोराछोरीले मोजमस्ती गरेको भन्दै उनीहरूले त्यस्ता छोराछोरीको विरोध गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

2

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

3

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

4

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

5

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

6

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

7

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई

No data was found
यो पनि पढ्नुहोस

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई

तोलामा ६ हजार ५ सयले घट्यो सुनको मूल्य