दैलेख । दशैं तिहारको अवसर पारेर दैलेख जिल्ला चामुण्डाबिन्द्रासैनी नगरपालिका–४, बुडेलीका नमराज शाहीले आफ्नो पहिलो कोसेली स्वरुप गीत “दशैं आयो हजुर, तिहार आयो सार्वजनिक गरेका छन्।
विज्ञापन
No data was found
गीतमा नमराज शाही र सञ्जिना सोनाहाको स्वर रहेको छ। शब्द शाही स्वयंले लेखेका हुन् भने संगीत कृष्ण के.सीले दिएका छन्। गीतलाई बिशाल निरौलाले एरेञ्ज गरेका छन्। त्यस्तै, रञ्जन राईले मिक्सिङ गरेका छन्। सम्पूर्ण प्राविधिक कार्य अलङ्कार डिजिटल स्टुडियोमा सम्पन्न गरिएको हो।
विज्ञापन
No data was found
यस गीतमार्फत कलाकार शाहीले आफ्नै गाउँ–ठाउँबाट प्राप्त प्रेरणा, संस्कार र पर्वको खुसीलाई संगीतमा उतार्ने प्रयास गरेका छन्। दशैं तिहारले ल्याउने उत्साह र परिवारबीचको आत्मीयतालाई गीतले झल्काएको छ। गित नबराज शाही युटुब च्यानल बाट आज सार्वजनिक भएको छ।
विज्ञापन
No data was found