'निरन्तर वर्षा : आकस्मिक स्वास्थ्य सेवामा सतर्क रहन मन्त्रालयको अपिल'

अशोज १९, २०८२

काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक जनशक्ति तथा औषधि सामग्री तयारी अवस्थामा राखी आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न सबै अस्पताल एवम् स्वास्थ्य संस्थाहरूलाई अनुरोध गरेको छ ।

विज्ञापन
No data was found

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले आवश्यक परेमा सङ्घीय तथा प्रदेशस्तरका स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गरी आवश्यक सहजीकरण र व्यवस्थापन गर्न अनुरोध गर्नुभएको छ । बिरामी स्थानान्तरण तथा रेफरल सेवाहरूलाई सहज र प्रभावकारी बनाउन, एम्बुलेन्स सेवाको समन्वय र सञ्चालनलाई प्रभावकारी बनाउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

विज्ञापन
No data was found

निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोप उत्पन्न भई दुर्घटना, चोटपटक एवम् जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन मन्त्रालयले भनेको छ । मन्त्रालयले कुनै जानकारी तथा सहयोगका लागि सङ्घीय स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र, प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका अतिरिक्त मन्त्रालयको निःशुल्क हेल्पलाइन नम्बर १११५ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

विज्ञापन
No data was found

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

2

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

3

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

4

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

5

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

6

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

7

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई

No data was found
यो पनि पढ्नुहोस

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई

तोलामा ६ हजार ५ सयले घट्यो सुनको मूल्य