'विपिन जोशी जीवित रहेको प्रमाण फेला नपरेको इजरायली सेनाको औपचारिक जानकारी'

अशोज २७, २०८२

हमासले जीवित रहेका घोषणा गरेका २० मध्ये पहिलो चरणमा ७ जना बन्धक गाजा पट्टीमा रेडक्रसलाई हस्तान्तरण गरेको छ । उनीहरू अपहरणमा परेको ७ सय ३८ दिनपछि मुक्त भएका बीबीसीले जनाएको छ ।

विज्ञापन
No data was found

दुई वर्षअघि हमासले इजरायलमा आक्रमण गर्दा दुई सय ५१ जनाको अपहरण गरी गाजामा बन्धक बनाएको थियो । उनीहरूमध्ये ४७ जना र अघिल्लो युद्धमा ज्यान गुमाएका एक सैनिकको शवसमेत गरी ४८ जना बन्धक हस्तान्तरण गर्न हमासले सहमति जनाएको छ ।

विज्ञापन
No data was found

४८ मध्ये २६ जनाको ज्यान गइसकेको हमासले पुष्टि गरेको छ । २० जना जीवित रहेका छन् । बाँकी दुई जनामध्ये एक जना नेपालका विपिन जोशी पनि हुनुहुन्छ । जोशीसहित दुई जनाको नाम मृतक र जीवित दुवैतर्फ समेटिएको छैन ।

यसैबीच इजरायली सेनाले नेपालका विपिन जोशी जीवित रहेको प्रमाण फेला नपरेको औपचारिक जानकारी गराएको छ । बीबीसीसँग कुरा गर्दै इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायली सेनाले विपिन जीवित रहेको प्रमाण नभेटिएको औपचारिक जानकारी गराएको बताउनुभयो ।

हमासले बन्धक फिर्ता गरेपछि त्यसको बदलामा इजरायलले दुई सय ५० जना प्यालेस्टिनी बन्दी र हिरासतमा लिइएका एक हजार सात सय जनाभन्दा धेरैलाई रिहा गर्ने बीबीसीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

2

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

3

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

4

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

5

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

6

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

7

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई

No data was found
यो पनि पढ्नुहोस

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई

तोलामा ६ हजार ५ सयले घट्यो सुनको मूल्य