'एनपीएलमा सुदूरपश्चिमको विजयी शुरुआत, काठमाण्डु २९ रनले पराजित गर्यो'

मंसिर ३, २०८२

काठमाण्डौ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विजयी शुरुआत गरेको छ । सुदूरपश्चिमले काठमाण्डु गोर्खाजलाई २९ रनले पराजित गरेको हो ।

विज्ञापन
No data was found

सुदूरपश्चिमले दिएको एक सय ४८ रनको लक्ष्य पछ्याएको काठमाण्डौ १६ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय १८ रन मात्रै बनाउन सक्यो । काठमाण्डुका आकाश त्रिपाठीले ३४ र जोन जिमसनले २४ रन बनाए । सुदूरपश्चिमका स्कट कुग्गेलिजन, हेमन्त धामी र हर्मित सिंहले समान २ विकेट तथा नरेन साउद, अविनाश बोहोरा र इशान पाण्डेले समान १ विकेट लिए ।

विज्ञापन
No data was found

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सबै विकेट गुमाएर १ सय ४७ रन बनायो । सुदूरपश्चिमका हर्मीत सिंहले ५३, कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाए । काठमाण्डुका कप्तान करण केसीले ४ विकेट लिए ।

विज्ञापन
No data was found

एनपीएलमा काठमाण्डु, सुदूरपश्चिम, जनकपुर, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स गरी आठ वटा टोली सहभागी छन् । मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

2

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

3

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

4

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

5

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

6

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

7

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

No data was found
यो पनि पढ्नुहोस

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई