'सुदूरपश्चिम रोयल्स दोस्रो जितसँगै शीर्ष स्थानमा, पोखरा एभेन्जर्स १८ रनले पराजित'

मंसिर ५, २०८२

विज्ञापन
No data was found

कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियमम जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको छैटौं खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९३ रन बनाएको हो।

विज्ञापन
No data was found

सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रन मात्र बनायो।

विज्ञापन
No data was found

पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले। उनले ३२ बलमा समान ४ चौका र ४ छक्का प्रहार गरे। व्यक्तिगत अर्धशतक तथा चौथो विकेटको लागि जिमी निशमसँग ७५ रनको साझेदारी गरे तापनि जितको लागि पर्याप्त भएन।

पोखराको पहिलो विकेटको रूपमा एडम रोसिङ्टन १ रनमै पेभेलियन फर्किए। दोस्रो विकेटको दिनेश खरेलको गयो। पावरप्लेमा ३ विकेट गुमाएको पोखराले २५ रन मात्रै बनाएको थियो। जिमी निशमले २५ बलमा ४७ रन बनाए। डान डाउथवैथ ३७ रनमा क्याच भए। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

विपिन खत्री ७ र आकाश चन्द १ रनमा अविजित रहे। सुदूरपश्चिम रोयल्सका लागि हर्मीत सिंहले २ विकेट लिए। स्कट केगुइलिन, दीपेन्द्र सिंह ऐरी, अभिनाश बोहोरा र नरेन साउदले १–१ विकेट लिए।

त्यसअघि,ब्याटिङ गरेको सुदूरका लागि पहिलो विकेटका लागि विनोद भण्डारी र जोश ब्राउनले १०८ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए। यो जारी संस्करणमा पहिलो विकेटका लागि गरिएको सबैभन्दा ठूलो साझेदारी हो। यसअघि जनकपुरविरुद्ध काठमान्डु गोर्खाजका आकाश त्रिपाठी र बेन चाल्सवर्थले पहिलो विकेटको लागि ७० रनको साझेदारी गरेका थिए।

सुदुरपश्चिम रोयल्सका लागि जोश ब्राउनले सर्वाधिक ६८ रन बनाए। उनले ३५ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। वान डाउन आएका क्रिस लिन ३१ रन बनाउँदै जिमी निशमको बलमा अभिषेक तिवारीको हातमा क्याच भए। कप्तान दीपेन्द्र सिंह ऐरीले १० बलमा १ चौका र १ छक्कासहित १५ रनमा क्याच भए।

चौथो विकेटको रूपमा ओपनर विनोद भण्डारी आकाश चन्दको बलमा कुशल भुर्तेलको हातमा क्याच भए। उनले ४२ बलमा ६ चौकासहित ४३ रन बनाए।

पाँचौं विकेट हर्मित सिंह ४ र छैटौं विकेट स्कट केगुइलिन ८रनमा पेभेलियन फर्किए। सातौं विकेटको रूपमा आरिफ शेख डकआउट भए।

इशान पाण्डे ६ र नरेन साउद ४ रनमा अविजित रहे। पोखरा एभेन्जर्सका लागि जिमी निशमले सर्वाधिक ३ विकेट लिए । आकाश चन्द र डान डाउथवैटले २–२ विकेट लिए।

सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले हराएको थियो। पोखरा एभेन्जर्सले भने पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो।

यो जितसँगै सुदूरपश्चिम रोयल्स अंक तालिकाको शीर्ष  स्थानमा उक्लिएको छ। शनिबार दुई खेल रहेका छन्। पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच  हुनेछ। दोस्रो खेल काठमान्डु गोर्खाज र विराटनगर किंग्सबीच हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

2

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

3

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

4

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

5

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

6

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

7

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

No data was found
यो पनि पढ्नुहोस

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई