'जयदेव मावि जम्बुकाँधको अध्यक्षमा खड्का तेस्रो कार्यकालका लागि पुनः चयन'

पुस १५, २०८२

दैलेख । चामुण्डाविन्द्रासैनी नगरपालिका–६ जम्बुकाँधमा अवस्थित श्री जयदेव माध्यमिक विद्यालय को विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा रणबहादुर खड्का तेस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा पुनः चयन हुनुभएको छ।

विज्ञापन
No data was found

यसअघि दुई कार्यकाल सफलतापूर्वक जिम्मेवारी निर्वाह गरिसक्नुभएका खड्काज्यूलाई विद्यालयको शैक्षिक उन्नयन, भौतिक पूर्वाधार विकास तथा संस्थागत सुधारमा पुर्‍याउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै तेस्रो कार्यकालका लागि पुनः जिम्मेवारी सुम्पिएको हो।

विज्ञापन
No data was found

यसै अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूमा श्री जगतबहादुर शाही, श्री बलिराम खड्का, श्री शान्ति प्रसाद शर्मा, श्री देविसरा कुमारी शर्मा, श्री बिमला भण्डारी र श्री किरण कुमारी शाही चयन हुनुभएको छ। समितिको सदस्य–सचिवमा श्री तिलक प्रसाद शर्मा रहनुभएको छ।

विज्ञापन
No data was found

समिति गठन कार्यक्रममा उपस्थित राजनीतिक दलका प्रतिनिधि, अभिभावकज्यूहरू, शिक्षक तथा विद्यार्थी प्रतिनिधिहरूले खड्काज्यूको नेतृत्व तथा नवनिर्वाचित समितिले विद्यालयलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

पुनः चयनपछि प्रतिक्रिया दिँदै अध्यक्ष खड्काज्यूले विद्यालयको भौतिक संरचना सुदृढीकरण, शैक्षिक गुणस्तर अभिवृद्धि, प्रविधिमैत्री शिक्षण वातावरण निर्माण तथा विद्यार्थी–हितमुखी कार्यक्रमलाई प्राथमिकतामा राखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

विद्यालय परिवारले नवनिर्वाचित अध्यक्ष तथा सम्पूर्ण समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै जयदेव माविको समग्र विकासका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

2

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

3

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

4

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

5

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

6

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

7

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

No data was found
यो पनि पढ्नुहोस

काठमाडौँमा युवा भेटघाट युवाहरू युनाइट हुनुपर्छ भन्ने निष्कर्ष

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई