दैलेख। चामुण्डाबिन्द्रासी नगरपालिका–६, लैनचौरमा अवस्थित श्री जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व सर्वसम्मत रूपमा निर्वाचित भएको छ।
नवगठित समितिको अध्यक्षमा हिर्दय बहादुर शाही निर्वाचित हुनुभएको छ। त्यसैगरी समितिको सदस्यहरूमा शान्ता कुमारी शाही, मनिषा योगी, बिजय कुमार शाही, कृष्ण बहादुर शाही, अनिता वोहोरा तथा दिनेश बि.क. चयन हुनुभएको छ।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक तथा शैक्षिक पूर्वाधार विकास, अनुशासन र पारदर्शी व्यवस्थापनलाई थप सुदृढ बनाउने उद्देश्यसहित नयाँ समिति गठन गरिएको जनाइएको छ।नव–निर्वाचित अध्यक्ष तथा सम्पूर्ण सदस्यहरूलाई विद्यालय परिवार, अभिभावक, शिक्षक तथा स्थानीय समुदायले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
विद्यालयको समग्र उन्नयन र गुणस्तरीय शिक्षाका लागि नयाँ समितिबाट सकारात्मक, प्रभावकारी र परिणाममुखी कार्यको अपेक्षा गरिएको छ।