'निर्वाचनमा प्रहरी बन्ने अवसर: देशभर १ लाख ३३ हजारभन्दा बढी पदमा भर्ना खुला'

पुस २४, २०८२

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले देशभर ७७ जिल्लामा निर्वाचन प्रहरी (पूर्व म्यादी प्रहरी) भर्नाका लागि दरखास्त आह्वान गरेको छ। पुस २५ गतेदेखि माघ १ गतेसम्म इच्छुक उम्मेदवारहरूले सम्बन्धित जिल्लाको प्रहरी कार्यालयमार्फत दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

विज्ञापन
No data was found

यस भर्ना प्रक्रियाअन्तर्गत १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी भर्ना गरिनेछ। आगामी निर्वाचनलाई लक्षित गर्दै सुरक्षाको व्यवस्था मजबुत बनाउने उद्देश्यले यो भर्ना खुला गरिएको हो।

विज्ञापन
No data was found

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, शारीरिक रूपमा तन्दुरुस्त, सुरक्षानिकायमा सेवा गर्न रुचि राख्ने व्यक्तिहरूले आवेदन दिन सक्नेछन्। साथै, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका सेवानिवृत्त कर्मचारी, साथै अघिल्ला निर्वाचनमा इमान्दारिताका साथ म्यादी प्रहरीको रूपमा सेवा गरेका व्यक्तिहरूलाई प्राथमिकता दिइने सूचनामा उल्लेख गरिएको छ।

विज्ञापन
No data was found

प्रहरी प्रधान कार्यालयका अनुसार माघ १५ गतेदेखि तीन दिनको आधारभूत तालिम दिइनेछ। तालिमपछि ४० दिनको नियुक्ति दिइने र प्रत्येक निर्वाचन प्रहरीले एकमुष्ट ३४ हजार ७ सय ७६ रुपैयाँ पारिश्रमिक पाउनेछन्।
यसअघि “म्यादी प्रहरी” भनिँदै आएकोमा यस पटकदेखि “निर्वाचन प्रहरी” नामाकरण गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयले योग्य र इच्छुक नागरिकलाई तोकिएको समयभित्र आवेदन दिन आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

2

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

3

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

4

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

5

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

6

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

7

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई

No data was found
यो पनि पढ्नुहोस

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई

तोलामा ६ हजार ५ सयले घट्यो सुनको मूल्य