'दैलेखमा ७१ हजार ८ सय १३ मत खस्यो, निर्वाचन शान्तिपूर्ण'

फाल्गुन २१, २०८२

दैलेख । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दैलेखका दुई वटै क्षेत्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। बिहीबार सम्पन्न निर्वाचनमा जिल्लाभर करिब ४४.५४ प्रतिशत मत खसेको छ।
जिल्ला निर्वाचन अधिकारी नरबहादुर सलामीका अनुसार दैलेख जिल्लामा ७१ हजार ८ सय १३ जनाले मतदान गरेका छन्।
उहाँका अनुसार दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा ३७ हजार ७ सय ५६ मत खसेको छ। उक्त क्षेत्रमा २० हजार ८ सय १५ पुरुष र १६ हजार ९ सय ४१ महिला मतदाताले मतदान गरेका छन्।

विज्ञापन
No data was found

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा ३४ हजार ५७ मत खसेको छ। जसमा १८ हजार ६ सय ६९ पुरुष र १५ हजार ३ सय ८८ महिला मतदाताले मतदान गरेका छन्।

विज्ञापन
No data was found

जिल्ला निर्वाचन कार्यालय दैलेखका अनुसार दैलेखमा स्थायी र अस्थायी गरी कुल १ लाख ६१ हजार २०४ मतदाता रहेका छन्। जसमध्ये ८१ हजार ९९ पुरुष र ८० हजार १ सय ५ महिला मतदाता छन्।
बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जिल्लाका २ सय १० मतदान स्थलबाट सम्पन्न भएको थियो।

विज्ञापन
No data was found

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ अंगलडाँडामा चक्कु प्रहार गरी फरार आरोपी पक्राउ

2

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

3

नेकपा (एमाले) दैलेखद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

4

कालिकोटमा भीरबाट लडेर २६ वर्षीय युवाको मृत्यु

5

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

6

व्यवस्था धरापमा, विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न चेतावनी : समिर रोकाया”

7

दुल्लूमा जेष्ठ नागरिक संघको सार्वजनिक सुनुवाई

No data was found
यो पनि पढ्नुहोस

तोलामा ६ हजार ५ सयले घट्यो सुनको मूल्य