दैलेख । दैलेख निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लक्ष्मी प्रसाद पोखरेल विजयी हुनुभएको छ।
अन्तिम मत परिणाम अनुसार पोखरेलले १३ हजार ८ सय ८९ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल कुमार शाहीले ९ हजार ५ सय ५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत लोकहरि कँडेलले जानकारी दिनुभयो।
पोखरेलले शाहीलाई ४ हजार ३ सय ३७ मतान्तरले पराजित गर्नुभएको हो। अन्य उम्मेदवारमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका बखत शाहीले ६ हजार ७ सय ९७, नेकपाका योगेन्द्र शाहीले ३ हजार ८ सय ५१, नेपाल मजदुर किसान पार्टीका बखत थापाले १ हजार ५ सय १२, राष्ट्रिय प्रजातन्त्र पार्टीकी बबिता शाहीले ३ सय ३७, नेकपा माओवादीका कमल सिंहले ३ सय ३७ तथा राष्ट्रिय जनमोर्चाका कमल बरैमगरले १ सय १ मत प्राप्त गर्नुभएको छ।
दैलेख २ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना शनिबार अन्तिम चरणमा पुगेपछि परिणाम सार्वजनिक गरिएको हो।